लुम्बिनी प्रदेसले आयोजना गरेको निबन्ध प्रतियोगिताको पुरस्कार वितरण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

लुम्बिनी प्रदेसले आयोजना गरेको निबन्ध प्रतियोगिताको पुरस्कार वितरण

    मा प्रकाशित

माघ २१, दाङ ।

लुम्बिनी प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजनामा आयोजित निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

प्रदेश सचिवालयले प्रदेस स्थापनाको अवसरमा माध्यमिक तहका विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता गराएको थियो । ‘संघीयता कार्यान्वयनमा प्रदेश सभाको भूमिका’ शीर्षकमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

आयोजित कार्यक्रममा गुरुजजुर मावि रक्षाचौर दाङका छात्र शैलेश शर्मा प्रथम, गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङकी छात्रा प्रकृती चौधरी द्वितीय र हेमराज माध्यमिक विद्यालय कपिलबस्तुकी छात्रा अर्चना आचार्य तृतीय भएका थिए ।

 

१२ जिल्लाबाट सहभागी प्रतियोगीहरुबाट हरेक जिल्लाबाट १ जना सान्त्वना घोषित गर्ने कार्यक्रमको प्रावधान रहेको थियो । जसमा सहभागी ११ जिल्लाका ११ जना विद्यार्थीहरु सान्त्वना भएका थिए ।

आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् । प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ८ हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्