राप्ती गाउँपालिका शिक्षक संघकोे दोस्रो अधिवेसन सम्पन्न : मंगलप्रसाद चौधरी अध्यक्ष चयन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

राप्ती गाउँपालिका शिक्षक संघकोे दोस्रो अधिवेसन सम्पन्न : मंगलप्रसाद चौधरी अध्यक्ष चयन

    मा प्रकाशित

तीर्थराज ज्ञवाली

माघ २२ मौरीघाट(देउखुरी दाङ) /
राप्ती गाउँपालिका शिक्षक संघ स्थानीय कार्य समितिको दोस्रो अधिवेसनले मंगल प्रसाद चौधरीलाई अध्यक्ष चयन गरेको छ ।
नेपाल शिक्षक संघ राप्ती गाउँपालिका स्थानीय कार्य समिति दोस्रो अधिवेसनले सर्वसहमतिवाट मंगलप्रसाद चौधरीलाई अध्यक्ष सहित २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल शिक्षक संघको राप्ती गाउँपालिका स्थानीय कार्य समितिको शनिवार मौरीघाटस्थित पार्टी कार्यालयमा रहको राप्ती गाउँपालिका शिक्षक संघको कार्यालयमा भएको दोस्रो अधिवेसनले पुरुष उपाध्यक्षमा सुवर्णमान चौधरी, महिला उपाध्यक्षमा सविता चौधरी, सचिव अर्थमा हरिशचन्द्र चौधरी, प्रशासन सचिवमा फर्सुराम आचार्य, सहसचिव अर्थमा तोमलाल गैरे, सहसचिव महिलामा सीता चौधरी, सहसचिव रमेश प्रसाद कँडेल, सहसचिव प्रशासनमा कालु सिंह थापालाई सर्वसहमतिवाट चयन गरेको हो ।
नव निर्वाचित सदस्यमा क्रमश वडा १ देखि ९ सम्म मोहन पौडेल, यमुना धिताल, जागेन्द्र चौधरी, भुवन भण्डारी,कृष्णमाया चौधरी,एकदेव चौधरी, तुल्सीराम चौधरी, ओमीन चौधरी र दीनेश थापा रहनु भएको छ ।
साथै अन्य निर्वाचित सदस्यमा दिपा थापा, मिना खड्का, निर्मला केसी,हेमराज अधिकारी,खिम बहादुर भटराई, सुनिल कुमार चौधरी, हर्क बहादुर चौधरी, गिता कुमारी चौधरी गोविन्द बहादुर कवर रहनु भएको छ ।
राप्ती गाउँपालिका शिक्षक संघ स्थानिय कार्य समितीको दोस्रो अधिवेसन नेपाल शिक्षक सङ्घको विधान २०४७ को विधान संशोधन अधिवेशन २०७३ द्वारा संशोधित विधान अनुसार सम्पन्न भएको हो । अधिवेसनका लागि संयोजकको रुपमा बसन्तराज धिमिरे, पर्यबेक्षकको रुपमा सिता रिजाल तथा सहजकर्ताको रुपमा राम कुमार चौधरी रहनु भएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्