फागुन १ गतेदेखि भौतिक रुपमा पठनपाठन गराउन सिसिएमसीको सिफारिस : खोप नलगाएका बालबालिकालाई आलोपालो पठनपाठन – Kanika Khabar
Monday, May 6Nepali News Portal

फागुन १ गतेदेखि भौतिक रुपमा पठनपाठन गराउन सिसिएमसीको सिफारिस : खोप नलगाएका बालबालिकालाई आलोपालो पठनपाठन

    मा प्रकाशित

माघ २३, दाङ ।
कोरोना सङ्क्रमणको भाइरस बढ्दै जाँदा माघ मसान्तसम्मका लागि बन्द भएका विद्यालयहरु फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । आज आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्