भारतमा दुई दिने राष्ट्रिय शोकको घोषणा – Kanika Khabar
Monday, May 6Nepali News Portal

भारतमा दुई दिने राष्ट्रिय शोकको घोषणा

    मा प्रकाशित

माघ २३, दाङ ।
भारतीय चर्चित गायिका लता मङ्गेशकरको निधन भएको छ । स्वर कोकिला भनेर चिनिने उहाँको ९२ वर्षको उमेरमा बिहान निधन भएको हो। कोरोना भाइरसको सङ्क्रमण भएपछि यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्नाभएका मङ्गेशकरको आईसीयूमा उपचार भइरहेको थियो ।

 

केही समययता उहाँको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको निधनमा भारत सरकारले दुई दिन राजकीय शोकको घोषणा गरेको छ । यस्तै आज र भोलि झण्डा आधा झुकाउने र आधिकारिक मनोरन्जनको कुनै पनि कार्यक्रम नगर्ने निर्णय पनि भएको छ । यस्तै लता मङ्गेशकरको राजकीय सम्मानको साथ अन्तिम संस्कार गर्ने निर्णय पनि भइरहेको छ ।

१९२९सेप्टेम्बर २८ मा मध्य भारतको इन्दौर सहरमा जन्मनुभएका उहाँले नेपाली भाषामा समेत दर्जनौ गीत रेकर्ड गराउनुभएको थियो । सन् १९४३ मा१३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराउनुभएकी मङ्गेशकरले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्