भन्सार एजेन्टको परीक्षा फागुन २८ मा हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भन्सार एजेन्टको परीक्षा फागुन २८ मा हुने

    मा प्रकाशित

माघ २६, दाङ ।
विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । २२ वर्षपछि भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो ।तर, २९ माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो । जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुनेछ ।

परीक्षा केन्द्र निर्धारण भइसकेको छैन ।पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न अदालतमा परीक्षा रोक्न माग गर्दै मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने गर्दछन् ।

एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोट गरी पाँच सय ८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो सङ्ख्या अहिले घट्दै गएर एक सय ७० जनामा सीमित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्