रुकुमपूर्वमा खोप लगाउनेको सङ्ख्या बढाउन खोज र खोप अभियान सञ्चालन गरिने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रुकुमपूर्वमा खोप लगाउनेको सङ्ख्या बढाउन खोज र खोप अभियान सञ्चालन गरिने

    मा प्रकाशित

रविन विश्वकर्मा
माघ २६, रुकुम पूर्व ।
रुकुमपूर्वमा कोभिड १९ विरूद्व खोज र खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड १९ ब्यवस्थापन समितिको बैठकले जिल्लाको तुलनामाजिल्लागत र पालिकागत खोप लगाउनेको सङ्ख्या कम भएकाले बढाउन खोज र खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताउनुभयो ।

 

३ वटै स्थानिय तहमा खोप नलगाएका गाउँ तथा बस्तीको पहिचान गरी सोही स्थानमा पुगेर खोप लगाउने लगाइनेछ । बैठकले जिल्ला स्थित सरोकारवाला निकायहरूसँग समन्वय गरी खोप र कोरोना भाईरस विरुद्ध सचेतना जगाउन बिभिन्न अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्