गुल्मीका युवा व्यवसायिक गाईपालन गर्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गुल्मीका युवा व्यवसायिक गाईपालन गर्दै

    मा प्रकाशित

हुमाकान्त पोखरेल
माघ २६, गुल्मी ।
गुल्मीका केही युवाले व्यवसायिक गाईपालन सुरु गरेका छन् । वैदेशिक रोजगारीमा गएर फर्किएका केही युवाहरूले व्यवसायिक गाईपालन गरिरहेका हुन् । सात वर्षसम्म विदेशमा खाना पकाउने काम गरेका धुर्कोट गाउँपालिका–४ जैसिथोकका तुल्सिराम कुँवरले गाउँ फर्किएपछि व्यवसायीक गाईपालन गरिरहनुभएको छ । उहाँले १३ वटा गाईबाट दैनिक ६० लिटर दुध बेचेर महिनाको ४० हजार बचाउनुहुन्छ ।

 

१८ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका सोही स्थानका सोही कमल पोखरेलले पनि गाईपालन सुरु गर्नुभएको छ । विदेशमा अरुको मातहतमा बसेर काम गर्नु र गाउँमा आफैं व्यवसायी हुनुमा फरक रहेको उहाँको भनाइ छ । तर सडक सहजता नभएका कारण उत्पादित दुधले बजार पाएको छैन । पानी परेको बेला धुले सडक बिग्रने र दुध बेच्न झनै समस्या हुने किसानहरू बताउँछन् ।

 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गर्नु सकारात्मक भएकोले कृषि व्यवसायमा लागेका युवाको लागि सडक, सिँँचाई, बिजुली लगायतमा सहजता प्रदान गर्ने बताउनुभयो ।

 

कोरोना महामारी पछि वैदेशिक रोजगारीबाट फर्किने र गाउँमै व्यवसायमा आबद्ध हुने युवाको सङ्ख्या बढेको छ । तर राज्यले युवाहरुलाई लगानीको राम्रो वातावरण दिन सकिरहेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्