पछिल्लो २४ घण्टामा दाङमा थप १३ जनामा काेराेना पुष्टि – Kanika Khabar
Sunday, May 19Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप १३ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

२६ माघ, दाङ ।
दाङमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जनाको पिसिआर परिक्षणबाट ४ जना र २० जनाको एन्टिजेन परिक्षणबाट ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराहीका ४ जना, तुलसीपुर, राप्ती, गढवाका २/२ र बबईका १ जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका ६६ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका ४९ जना, गढवाका ६, तुलसीपुरका ५ जना, दंगीशरणका ३ जना, शान्तिनगरका २ जना र राप्तीका १ जना रहेका केन्द्रले जनाएको छ ।

आज थपिएका १३ जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १२१ रहेको छ । त्यसमध्य घरमा ११६ जना, सामान्य उपचारमा २ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्