प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवर्ता : आज संसदमा एमसीसी टेबल नगरिने – Kanika Khabar
Monday, May 6Nepali News Portal

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवर्ता : आज संसदमा एमसीसी टेबल नगरिने

    मा प्रकाशित

फागुन ४, काठमाडौँ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने सहमति भएको छ ।

प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दियो।

एमालेले पनि एमसिसीका विपक्षमा जानेजस्तो मुड बनाएकाले अमेरिकासँग कुरा गरेर चुनाव पछाडिमात्रै एमसिसी पास गर्नुपर्ने बारे उनले धारणा राखेका थिए।

 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे भोलि बस्ने बैठकले थप निर्णय गर्ने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्