सम्भवतः एमसीसीको टुङ्गो भोलि लाग्ने – Kanika Khabar
Monday, May 6Nepali News Portal

सम्भवतः एमसीसीको टुङ्गो भोलि लाग्ने

    मा प्रकाशित

फागुन ४, काठमाडौँ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको टुङ्गो सम्भवतः भोलि लाग्ने भएको छ । एमसीसीका सन्दर्भमा थप छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक भोलिका लागि डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।

एमसीसी सदनमा टेबल गरिए सरकारबाट बाहिरिने चेतावनी माओवादी केन्द्रका नेताहरुले दिएपछि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको निर्णय सुनाउन र थप परामर्श गर्न प्रधानमन्त्री निवास बालुवाटा पुगेका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबिच भएको संवादबाट आज सदनमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । साथै एमसीसीबारे थप छलफल र अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक भोलिका लागि डाकिएको हो ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्