टोलटोलमा काङ्ग्रेस अनियान : ३३ जना काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Monday, May 6Nepali News Portal

टोलटोलमा काङ्ग्रेस अनियान : ३३ जना काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

No description available.

कनिका डेस्क
फागुन ४, दाङ ।

नेपाली काङ्ग्रेसले काङ्ग्रेस टोल समितिको अभियान देशव्यापी रुपमा चलाएको छ । अभियान अनुसार यतिबेला काङ्ग्रेस टोल काङ्ग्रेस गठन प्रक्रियालाई अगाडि बढाइरहेको छ ।

दाङ जिल्लामा पनि टोल समिति गठनको प्रक्रियालाई तीब्रताका साथ अगाडि बढाइएको छ । आज दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित गोरक्ष टोलमा पनि समिति गठन गरिएको छ ।

टोलसमिति गठनकै क्रममा विभिन्न पार्टी परित्याग गरी ३३ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई काङ्ग्रेस प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठले सदस्यता प्रदान गर्नुका साथै स्वागत सम्मान गरेका थिए । कार्यक्रममका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले पार्टीलाई बलियो बनाउनका लागि टोलबाट नै अभियान थाल्नुपर्नेमा जोड दिएका थिए । ‘काङ्ग्रेसको टोल समिति पार्टीको मूल जग हो । यो जगलाई हामीले जति बलियो र प्रभावकारी बनाउन सक्छौँ पार्टी त्यति नै सुदृढ रहन्छ ।’ प्रमुख अतिथि श्रेष्ठले भने ।

No description available.

कार्यक्रममा विशिष्ट अतिथि तथा क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव रमेशकुमार पाण्डे, विशिष्ट अतिथि तथा प्रदेश २ (क) का सचिव शिशिर अधिकारी, प्रदेश २ (क) का सदस्य ध्रुव केसी, केशव नेपाली, क्षेत्रीय प्रतिनिधि पदम शर्मा लगायतले मन्तव्य राखेको थिए ।

 

नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष शनिल कुमार देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव नेरश श्रेष्ठले गरेका थिए ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्