दाङमा छोराले गरे बाबुको हत्या – Kanika Khabar
Monday, May 6Nepali News Portal

दाङमा छोराले गरे बाबुको हत्या

    मा प्रकाशित

फागुन ४, दाङ ।
दाङमा एक छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको शान्तीनगर गाउपालिका वडा नं ३ बेलडाडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबु कर्ण बहादुर मगरको धारीलो हतियारले घाटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुखदालीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेको समयमा आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताए । हत्या आरोपित छोरालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । यसअघि बाबु छोराकोबीचमा पटक–पटक झगडा हुने गरेको स्थानीयले बताए पनि अहिले के कारणले बुवाबो हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्