निर्माण व्यवसायी संघ दाङका वरिष्ठ उपाध्यक्षसहित १२ जना काङ्ग्रेस क्षेत्रीय सदस्यमा मनाेनित – Kanika Khabar
Friday, May 17Nepali News Portal

निर्माण व्यवसायी संघ दाङका वरिष्ठ उपाध्यक्षसहित १२ जना काङ्ग्रेस क्षेत्रीय सदस्यमा मनाेनित

    मा प्रकाशित

दाङ, ६ फागुन
निर्माण व्यवसायी संघ दाङका वरिष्ठ उपाध्यक्षसहित १२ जना काङ्ग्रेस क्षेत्रीय सदस्यमा मनाेनित भएका छन् ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कार्यसमिति सदस्य र आमन्त्रित सदस्यहरु मनोनित गरेको हाे । क्षेत्रीय कार्यसमितिको नियमित बैठकले कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यहरु मनोनित गरेको हो ।

नेपाली कांग्रेसको विधान अनुसार ५ जना कार्यसमिति सदस्य र ७ जना आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्यमा पदमराज शर्मा , कमल गौतम, हिमाल महरा, युवराज आचार्य, र रेखा केसीलाई मनोनित गरेको हो ।

यस्तै आमन्त्रित सदस्यहरुमा दानबहादुर बुढाथोकी, शान्ता घिमिरे, देबा सुवेदी, तुलसा बस्नेत, पुण्य गिरी, दिनेश नेपाली, सीताकुमारी चौधरीलाई मनोनित गरेको छ ।

बैठकले सल्लाहकारमा डा.बिनबहादुरसिं वली, डा.प्रदीप न्यौपाने, घनश्याम थापा र खड्गबहादुर बुढाथोकीलाई चयन गरिएको छ । क्षेत्रीय कार्यसमितिको कार्यकक्ष व्यवस्थापन गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर १३ का निवर्तमान सभापति एवं क्षेत्रीय प्रतिनिधि रोहित पाण्डेको यही फागुन २ गते भएकाे निधनप्रति शाेकप्रस्ताव पारित गरेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्