खुमबहादुर खड्का भलिबलमा बबई र घोराहीको बिजयी – Kanika Khabar
Monday, April 29Nepali News Portal

खुमबहादुर खड्का भलिबलमा बबई र घोराहीको बिजयी

    मा प्रकाशित

         दाङ,१८ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत बुधवार भएका खेलमा बबई गाउँपालिका र घोराही उपमहनगरपालिकाको भलिबल टिमहरु बिजयी भएका छन् ।                                                                  घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘वि’को पहिलो खेलमा राजपुर गाउँपालिकाको टिमलाई हराउँदै बबई गाउँपालिकाको भलिबल टिम बिजयी भएको हो । बबईले २५–२१ र २५–२३ को सोझो सेटमा जित निकालेको थियो ।
त्यसैगरी बुधवार भएको दोश्रो खेलमा बंगलाचुली गाउँपलिकाको टिमलाई हराउँदै घोराही उपमहानगरपालिकाको टिम बिजयी भएको छ ।                                                                             पहिलो सेटमा फितलो खेल प्रदर्शन गरेको बंगलाचुलीलाई घोराहीले पहिलो सेटमा २५–१७ र दोश्रो सेटमा २७–२५ ले हराउँदै बिजयी भएको थियो । दोश्रो सेटमा खेलमा सुधार गरेर लयमा फर्कने प्रयास गरेपनि जित निकाल्न नसक्दा बंगलाचुली प्रतियोगितामा पहिलो खेलमै पराजित हुन पुगेको हो । जिल्लामै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको फागुनको १६ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैया पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता फागुनको २२ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको समूह ‘ए’ बाट तुलसीपुर उपमहानगरपालिका समूह बिजेता र राप्ती गाउँपालिका उपबिजेता बन्दै सेमीफाइनल प्रदेश गरेका छन् । समूहमा रहेका पाँच वटा टिम मध्य तुलसीपुरले चार खेल जितेर बिजेता बनेको हो भने उपबिजेता राप्ती गाउँपालिकाले तीन खेल जितेको थियो । समूह ‘ए’मा तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका,लमही नगरपालिका,गढवा गाउँपालिका र दंगीशरण गाउँपालिका रहेका छन् ।                                                 त्यसैगरी समूह ‘बि’मा घोराहीउपमहानगरपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्