दाङ क्रिकेट लिग–२०७८ काे तयारी तीव्र – Kanika Khabar
Monday, April 29Nepali News Portal

दाङ क्रिकेट लिग–२०७८ काे तयारी तीव्र

    मा प्रकाशित

फागुन २०, दाङ ।  दाङमा पहिलो पटक दाङ क्रिकेट लिग–२०७८ आयोजना गर्न लागिएको छ । क्रिकेट संघ दाङको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरी प्रतियोगिता गर्न लागिएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

दाङको घोराही रंगशालामा आयोजना गर्न लागिएको जिल्लाकै पहिलो ठुलो स्तरको खेलाडी किन बेचमा आधारित प्रतियोगिताले जिल्लाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक वातावरणमा क्रिकेट खेल्न सक्ने र सीप निखार्न सहयोग गर्ने विश्वास लिइएको आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुुभयो ।

प्रतियोगिताले युवा क्रिकेटरहरूको खेलको गुणस्तर र उनीहरूका लागि सुविधासहित खेल प्रवद्र्धन गर्ने लक्ष्यसमेत राखेको उहाँको भनाई छ । जिल्लामा क्रिकेट खेलको वातावरण बनाउन र दाङ क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको पूर्व क्रिकेटर कैलाश रोकाले बताउनुुभयो ।

पाँच वटा टीमले हरेकले १४ जना खेलाडी खरीद गर्ने हुँदा प्रत्येक टीममा दाङका १६ वर्ष मुुनिका २ जना, १९ वर्ष मुुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने भएका छन् । यसैगरी, लुुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टीम रहने भएको छ ।

जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना महत्वपूर्ण खेलाडीको रुपमा महंगो मुुल्यमा टीम आफैले स्वतन्त्र रुपमा भित्र्याउन पाउने छ । सो खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको र जिल्ला बाहिरको हुुनुुपर्ने प्रावधान राखिएको छ । हरेक टीमलाई कम्तिमा ८४ हजार र अधिकतम १ लाख ४८ हजार रुपैयाँ खेलाडी खरीदमा खर्च गर्न सक्ने सीमा तोकिएको जिल्ला क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतमले बताउनुुभयो ।
उमेर समुहमार्फत खेलाडी किनबेचको लागि एक खेलाडी बराबर कम्तिमा ४ हजार मुुल्य तोकिएको छ । जिल्लाको पहिचान झल्कने गरी टीमको नाम राखिएको र टीमको बारेमा थप जानकारी चाँडै प्रकाशित गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
करीव २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख तथा विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्