पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल मात्रै हुने – Kanika Khabar
Monday, April 29Nepali News Portal

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल मात्रै हुने

    मा प्रकाशित

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । धनगढी रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।‘ए’ डिभिजन क्लब हिमालयन आज मोफसलको टोली जन जागृतिलाई पराजित गर्दै अर्को चरणमा पुग्न चाहन्छ भने जागृति पनि हिमालयनलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

 

सर्वाधिक धनराशीको प्रतियोगिता रहेको गोल्डकपमा१० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्