पुनः सुरु हुँदै इङ्लिस प्रिमियर लिग – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

पुनः सुरु हुँदै इङ्लिस प्रिमियर लिग

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण करिव तीन महिनादेखि स्थगित इङ्लिस प्रिमियर लिग फुटबल बुधबारदेखि सुचारु हुने भएको छ।

नेपाली समय अनुसार राती १०.४५ बजे सुरु हने पहिलो खेलमा एस्टान भिल्लाले घरेलु मैदानमा सेफिड युनाइटेडको सामना गर्नेछ । खेल सुरु हुनु भन्दा अघि कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पन गर्न एक मिनेट मौन धारण गरिनेछ । महामारीको कारणले स्थगित भएका युरोपका चर्चित लिगहरु मध्ये जर्मन बन्डेस लिगा र स्पेनिस ला लिगा भने यसअघि नै सुचारु भइसकेका छन् । फ्रेन्च लिग यसअघि नै रद्द भइसकेको छ भने इटालियन सिरिए सुचार हुन बाँकी छ ।

प्रिमियर लिग पनि गत मार्च १३ देखि स्थगित भएको थियो। कोरोना भाइरसको जोखिम अझै कम नभएकाले लिग सुचारु भए पनि रंगशालामा सावधानीका उपाय भने अपनाइने छ। खेलाडी र प्रशिक्षकले खेलका क्रममा मास्क प्रयोग गर्न नपाउने नियम बनाइएको छ। खेलका क्रममा आपसमा निश्चित दूरी कायम राख्न पनि खेलाडीलाई सुझाव दिइएको छ।

यसैगरी खेलाडीलाई खेलका क्रममा मैदानमा नथुक्न र नाक सफा नगर्न पनि सुझाव दिइएको छ। गोल भएपछि खुसियाली मनाउँदा पनि सावधानी अपनाउन खेलाडीलाई निर्देशन दिइएको छ। बेलायत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रहरूमध्ये एक हो। प्रिमियर लिग स्थगित हुनुअघि २९ खेल खेलेको लिभरपुल ८२ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाट ५७ अंक बटुलेको छ। पहिलो र दोस्रो स्थानमा आसीन टोलीबीच निकै ठूलो अन्तर भएकाले पनि लिभरपुललाई उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्