प्रथम खुमबहादुर खड्का भलिबलको उपाधि तुलसीपुरलाई – Kanika Khabar
Monday, April 29Nepali News Portal

प्रथम खुमबहादुर खड्का भलिबलको उपाधि तुलसीपुरलाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ,२२ फागुन ।

दाङको घोराहीमा संचालित प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगीताको आईतवार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५–२०,२३–२५,२०–२५,२५–१८ र १९–१७ अर्थात ३–२ को सेटमा पाखा लगाउदै तुलसीपुर उपमहानगरपालिकाले उपाधी जितेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा सम्पन्न प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसीपुरले उपाधीसंगै नगद दुई लाख, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । उता फाईनल खेलमा सम्मानजनक हार ब्यहोरेको राप्ती गाउँपालिका उपबिजेतामै सिमित रहदै नगद एक लाखमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृट खेलाडी तुलसीपुर उपमहानगरपालिकाका जर्सी न ४ का खेलाडी मानबहादुर श्रेष्ठ घोषित भए । उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र हात पारे ।

त्यस्तै वेस्ट स्पाईकर तुलसिपुर उपमहानगरपालिकाकै जर्सी न ६ का धन बहादुर भट्ट क्षेत्री,बेस्ट सेटर जर्सी न २ बिनोद बुढाथोकी, वेस्ट लिब्रो जर्सी न ५ का हरिश बुढाथोकी, वेस्ट ब्लकर राप्ती गाउँपालिकाका जर्सी न ३ का खेलाडी हरि अधिकारी, वेस्ट सरबर राप्तीकै सुवास बोहरा र बेस्टकोच तुलसीपुरका कमल खत्री घोषित भए । उनले ट्रफी प्रमाणपत्र प्राप्त गरेका थिए ।

फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली काग्रेस दाङका सभापती शकरप्रसाद डागीको अध्यक्षता तथा नेपाली काग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्य एवं नेपाली काग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्