श्रीलङ्कासँगको पहिलो खेलमा नेपाल विजयी – Kanika Khabar
Monday, April 29Nepali News Portal

श्रीलङ्कासँगको पहिलो खेलमा नेपाल विजयी

    मा प्रकाशित

फागुन २३, दाङ ।
श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा घरेलु टोली श्रीलङ्का नेभीलाई पराजित गरेको छ ।

५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलङ्का नेभीलाई १ सय ११ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी २८ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा सिमित भयो ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलङ्का पुगेको हो । श्रीलङ्कामा नेपाली टोलीले श्रीलङ्काको पहिलो श्रेणीक्लबसँग ४ अभ्यास खेल खेल्ने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्