जातीय भेद्भाव गरेको आरोपमा जोशी विरुद्ध मुद्दा दर्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

जातीय भेद्भाव गरेको आरोपमा जोशी विरुद्ध मुद्दा दर्ता

    मा प्रकाशित

कनिका खबर
असार ३, बाजुरा ।

दलित समुदायलाई लक्षित गरेर सामाजिक सञ्जाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरी जातीय भेद्भाव गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता गरिएको छ । जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका–१० भण्डार गाउँ बाह्रबिसे बस्ने सत्यराज जोशी विरुद्ध जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कारवाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको हो ।
दलित समुदाय र दलित समुदायका पत्रकारहरुको सार्वजनिक रुपमा मानमर्दन हुने अभिव्यक्ति दिएकाले राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अगुवाई र दलित अगुवाहरुको नेतृत्वमा जोशी विरुद्ध मुद्धा दर्ता गरिएको दलित पत्रकार संघ बाजुरा अध्यक्ष मदन विकले बताए । लिखित जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले निज जोशीको खोजतलास तथा अनुसन्धान गरी प्रचलित देहाय बमोजिम कानुनी कारवाही गर्ने आश्वासन दिएका छन् । जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार सम्म रुपैया जरिभाना अथवा दुवै सजाय हुने उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्