अन्ततः विवादित अध्यादेश खारेज – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अन्ततः विवादित अध्यादेश खारेज

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १२, काठमाडौँ ।

सरकारले ल्याएका बिबादित दुई अध्यादेश खारेज भएका छन् । मन्त्री परिषद्को सिफारीसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले विवादित दुबै अध्यादेश खारेज गरेकी हुन् । राजनीतिक दल सम्वन्धी र संवैधानिक परिषद सम्वन्धी दुई अध्यादेश शंशोधन गरी गत बैशाख ८ मा सरकारले जारी गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले यी दुबै अध्यादेश उसैदिन प्रमाणीकरण गरेकी थिईन् ।

तर यी दुई अध्यादेशका कारण सरकार बिवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जारी गरेका दुबै अध्यादेश फिर्ता लिन बाध्य भएका हुन् । सत्तारुढ नेकपा भित्रकै नेताहरु र प्रतिपक्ष दलहरुले समेत यो अध्यादेश फिर्ता लिन दबाब दिएका थिए । यी अध्यादेशले राजनीतिक अस्थिरता कायम हुने भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो । समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ । विभाजनको लागि सप्तरीबाट समाजवादीका सांसदलाई अपहरण शैलीमा काठमाडौं समेत ल्याइएको आरोप सरकारमाथि छ । त्यसमा प्रधानमन्त्री निकट सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सम्लग्न देखिए । तर समाजवादी विभाजन नभई राजपासँग एकता हुन पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्