नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने

    मा प्रकाशित

कनिका डेस्क
असार ३, दाङ
नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । पार्टीभित्र एमसीसी लगायतका मुद्दामा विवाद भइरहेका बेला बैठकको मिति तय भएको हो ।
ओली र दाहालबीच बुधबार साँझ भेट भएपश्चात स्थायी कमिटी बैठकको मिति तय भएको वरिष्ठ नेता झलनाथ खनालले वताए । यद्यपि यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । स्थायी कमिटी बैठक बोलाएसंगै एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए । तर, धेरै पछि २५ वैशाखका लागि बोलाइएको बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो ।

बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको थियो । पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्