पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १५५ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १५५

    मा प्रकाशित

चैत्र २, दाङ ।
पेट्रोलियम पदार्थको मूल्य फेरिर बढ्ने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य तोकेर सूची पठाएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

निगमले बढेर आएको नयाँ मूल्यदर आज रातिबाट लागू हुने पनि बताएको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।

सो अवधिमा पेट्रोलको बिक्रीबाट १ अर्ब ७ करोड ९८ लाख, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँले निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुने पनि बताउनुभयो । 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्