भारतले ३ महिना पछि पठायो राजदूत शर्माको एग्रिमो – Kanika Khabar
Saturday, May 18Nepali News Portal

भारतले ३ महिना पछि पठायो राजदूत शर्माको एग्रिमो

    मा प्रकाशित

चैत्र २, दाङ ।
भारतले, भारतका लागि नेपाली राजदूत शंकर शर्माको नाममा सहमति (एग्रिमो) पठाएको छ ।नेपालले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि भारतले शर्माको नाममा हिजोको मिति राखेर सहमति पठाएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

सरकारले कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मङ्सिर २४ मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो ।

शर्मासँगै सिफारिस हुनुभएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा यसअघि नियुक्त भइसक्दा भारतले भने ढिलोगरी एग्रिमो पठाएको हो ।

अब शर्माको नियुक्तिका लागि बाटो खुलेको छ । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्