सगरमाथा सिमेन्ट पीडितलाई क्षतिपुर्ति वितरण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सगरमाथा सिमेन्ट पीडितलाई क्षतिपुर्ति वितरण

    मा प्रकाशित

लक्ष्मण विश्वकर्मा
चैत्र २, दाङ ।
दाङको घोराही सिमेन्ट उद्योगले तुलसीपुरका सगरमाथा सिमेन्ट पिडितलाई क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगले उत्पादन गरेको सगरमाथा सिमेन्ट पिडितहरूलाई क्षतिपुर्ति उपलब्ध गराएको छ ।

 

उद्योगले तुलसीपुर ११ उरहरी बस्ने बिजुली चौधरीलाई ५ लाख ५७ हजार रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराएको छ । उद्योगको लापरवाही तथा गुणस्तरहिन सिमेन्टका कारण पिडित चौधरीले दुई पटक घर ढलान भत्काउनु परेको थियो । उद्योगले गत फागुन २५ गते क्षतिपुर्ति वापत नगद उपलब्ध गराएको पिडित चौधरीका छोरा प्रकाश चौधरीले जानकारी दिनुभयो ।

 

यस्तैगरी तुलसीपुर १३ बखरिया बस्ने तिलकराम रेग्मीलाई ४ लाख ७५ हजार ३ सय १५ रुपैया क्षतिपुर्ति उपलब्ध गराएको तुलसीपुर ११ जैसी हार्डवयरका प्रोप्राईटर नन्दलाल जैसीले जानकारी दिनुभयो ।

 

शुक्रेश्वरी ईन्टरप्राईजेजका बजार प्रतिनिधि नेत्रमणि केसी, दामोदर भण्डारी लगायतको उपस्थितिमा पिडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराईएको जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा सिमेन्ट पिडित अन्यलाई पनि क्षतिपुर्ति उपलब्ध गराईएको छ ।

 

पिडितहरूले जैसी हार्डवयरबाट सगरमाथा सिमेन्ट लगेर घर बनाउन प्रयोग गरेका थिए । ढलान गर्दा प्रयोग गरिएको सगरमाथा सिमेन्ट तिन हप्तासम्म पनि सेट नभएपछि उद्योगले क्षतिपुर्ति दिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्