स्थानीय निर्वाचनमा काङ्ग्रेस : दाङका वडा–वडामा खटिए प्रतिनिधि – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

स्थानीय निर्वाचनमा काङ्ग्रेस : दाङका वडा–वडामा खटिए प्रतिनिधि

    मा प्रकाशित

दाङ,७ चैत ।

नेपाली कांग्रेस क्षेत्र नं. २ ले केन्द्रीय नीतिअनुसार सञ्चालन भइरहेको ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानका लागि क्षेत्रमा रहेका वडाहरुमा प्रतिनिधि खटाएको छ । क्षेत्रीय समितिको आइतवार बसेको नियमित बैठकले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ फागुन २९ गतेदेखि सुरु भएको एक महिने अभियानका लागि क्षेत्रीय कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधिको रुपमा हरेक वडाहरुमा खटाउने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं. २ भित्र पर्ने २७ वटा वडाहरुमा प्रतिनिधिहरु खटाएको हो । जसअनुसार बंगलाचुली गाउँपालिका १ मा बदरुदिन राईन, २ मा जयभोला परियार, ३ मा पुनी गिरी, ४ मा तेजमणि दाहाल, ५ मा हिमाल महरा, ६ मा धनेश्वर आचार्य, ७ मा युवराज आचार्य र ८ मा पदमराज शर्मालाई खटाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. ४ मा देवा सुवेदी, ६ मा पार्वता योगी, ७ मा झगबहादुर बस्नेत, ८ मा मधुसूदन अधिकारी, ९ मा निमबहादुर चौधरी, १० मा जंगबहादुर जिसी, ११ मा चित्रबहादुर डाँगी (निर्मल) र हिमबहादुर रावत, १२ मा शारदा दाहाल, १३ मा ताराबहादुर डिसी र दानहादुर बुढाथोकी, १४ मा तुलसीकुमारी वली, १५ मा कमल गौतम, १६ मा खुमा खड्का, १७ मा रेखा केसी, १८ मा शान्ता घिमिरे र १९ मा हर्कबहादुर घर्तीलाई प्रतिनिधि खटाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा सीता चौधरी, १७ मा राधा भण्डारी, १८ मा प्रज्ञान रेग्मी र १९ मा दिनेश नेपालीलाई खटाइएको छ ।

बैठकले १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । जसमा सभापति भीमप्रकाश खड्का, उपसभापति प्रकाश श्रेष्ठ र अभियान बस्नेत, सचिव हिमबहादुर डाँगी र आर.के.शीतल, सहसचिव रमेशकुमार पाण्डे र रञ्जीत श्रेष्ठ, कोषाध्यक्ष गोपाल भुसाल, सदस्यहरु चित्रबहादुर डाँगी (निर्मल), कमलप्रसाद गौतम, जंगबहादुर जिसी, निमबहादुर चौधरी, जगबहादुर बस्नेत, युवराज आचार्य र राधाकुमारी भण्डारी रहेका छन् ।

बैठकले क्षेत्र नं. २ मा रहेका वडाहरुको हालसम्म भएका कार्यहरुको समीक्षा र आगामी स्थानीय निर्वाचनबारे योजना तयार गर्नका लागि वडा सभापति र वडा सचिवहरुसँगको भेला यही चैत १४ गते घोराहीमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेसका नेता शिखर पुरुष गिरिजाप्रसाद कोइराला र स्व. नेता खुमबहादुर खड्काको स्मृति दिवसमा कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै महासमिति सदस्य एवं महिला संघ दाङका अध्यक्ष गोमा रावतका बुवा केशरबहादुर बस्नेतको हालै निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
जिपी कोइराला स्मृति दिवस मनाइने

यसैबीच नेपालका शिखर पुरुष एवं नेपाली कांग्रेसका नेता, पूर्व पूभानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को आयोजनामा स्मृति दिवसमा कार्यक्रम आयोजना गरिएको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिए ।

साथै उनले सोमवार बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय घोराहीमा कार्यक्रम हुने भएकाले उपस्थितिका लागि नेपाली कांग्रेसका नेता, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, संघ क्षेत्र, प्रदेश क्षेत्र, पालिका, वडा तथा टोल समिति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्