पर्वतमा कोरोना जितेर आठ जना घर फिर्ता – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पर्वतमा कोरोना जितेर आठ जना घर फिर्ता

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
पर्वत जिल्ला स्थित कोरोना अस्पतालबाट आज ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना जितेर घर फर्किनेहरु सबै पुरुष हुन् । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार डिस्चार्ज हुनेहरुमा फलेवास नगरपालिका १० कुर्घाका २० र ४० वर्षका दुई जना, महाशिला गाउँपालिका ३ बालाकोटका २१ वर्षका दुई जना र १४ वर्षका एक जना, फलेबास नगरपालिका ११ पाङराङका २१ वर्षका एक जना र फलेबास नगरपालिका २ का २१ बर्षिय एकजना पुरुष छन् ।
त्यसैगरी बिहादी गाउँपालिका ४ वहाकीका ३९ बर्षिय पुरुष पनि निको कोरोनाबाट मुक्त भई अस्पतालबाट घर फर्किएका हुन् । चितवनको भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा ९ जना संक्रमितको नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा बिहादी गाउँपालिकाका १ जना पुरुषको भने पोजेटिभ रिर्पोट आएको थियो । पर्वतमा अहिलेसम्म संक्रमितको संख्या ३८ पुगेको छ । अहिले पोखरा स्थित गण्डकी अस्पतालमा एक जना र अरु २९ जना पर्वत अस्थाई कोरोना अस्पतालमा उपचाररत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्