स्थानीय निर्वाचन : काङ्ग्रेसमा प्रवेशकाे लहर, एमालेका वडाध्यक्ष र सचिव काङ्ग्रेसमा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

स्थानीय निर्वाचन : काङ्ग्रेसमा प्रवेशकाे लहर, एमालेका वडाध्यक्ष र सचिव काङ्ग्रेसमा

    मा प्रकाशित

चैत्र १४, दाङ ।

दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि कांग्रेसका प्रवेश गर्नुृभएको छ । उहाँहरुसँगै माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुृभएको छ । उहाँहरुलाई सोमवार नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टि कार्यालय घोराहीमा टिका र खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेसको बिचार र कांग्रेसको कामप्रति प्रभावित भएर पार्टि प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्