प्रदेश २(ख)मा काङ्ग्रेसको अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम सुरू – Kanika Khabar
Monday, April 29Nepali News Portal

प्रदेश २(ख)मा काङ्ग्रेसको अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम सुरू

    मा प्रकाशित

चैत्र १५, दाङ ।

नेपाली काङ्ग्रेसको केन्द्रीय नीति बमोजिम काङ्ग्रेस २ (ख) काे आयाेजनामा दुई दिवसीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू भएकाे छ । कार्यक्रम चैत्र १५ र १६ गते सञ्चालन हुनेछ ।

प्रदेश २ (ख) का सभापति अभियान बस्नेतकाे सभापतित्व तथा लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेकाे प्रमुख आतिथ्यतामा उद्घाटन सत्रकाे कार्यक्रम सम्पन्न भएकाे छ । त्यस्तै कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगीकाे विशिष्ट आतिथ्यतामा भएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य जानुका केसी, प्रचण्डविक्रम न्याैपाने, जिल्ला उपसभापति कमानसिं भारती ,जिल्ला सचिवहरू अर्जुन याेगी, बालिका लम्साल, काङ्ग्रेस नेता भरतबहादुर न्याैपाने,काङ्ग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का,महासमिति सदस्यहरू भूपेन्द्रबहादुर डाँगी, पृथ्वी चाैधरी , महाधिवेशन प्रतिनिधि दिपक पाण्डे , जिल्ला सदस्य यज्ञबहादुर बस्नेत , प्रशिक्षण संयाेजक गाेविन्द प्रसाद न्याैपाने र काङ्ग्रेसका घाेराही उपमहानगरपालिकाका नगर सभापति तिलक रावतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लालबहादुर गिरी, यादव गिरी, निशान्त आचार्य र भाेला अधिकारीले प्रशिक्षण दिनेछन् ।

प्रदेश उपसभापति ज्ञानबहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण उपसभापति शरद समीपले गरेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्