सामुदायिक विद्यालयमा सत्ता हावी भयो : सांसद गिरी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सामुदायिक विद्यालयमा सत्ता हावी भयो : सांसद गिरी

    मा प्रकाशित

यमकला भुसाल

तुलसीपुर,चैत १५ ।

लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले सामुदायीक विद्यालयहरु भर्ती केन्द्रका रुपमा स्थापित भएको बताएका छन ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्यावसन) दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहेका गिरीले पछिल्लो समय सामुदायीक विद्यालयहरुलाई योग्य शिक्षक नभई आफ्ना शिक्षकहरु मात्र भर्ती गर्ने परम्परा हावी भएको भन्दै चिन्ता जाहेर गरे ।

उनले सामुदायीक विद्यालयहरुमा सत्ता हावी भएको बताउँदै त्यसलाई चिर्न निजी विद्यालयमा आवद्ध शिक्षकहरु जागरुप हुनुपर्ने तर्क गरे ।

उनले अब आउँदो संसदमा शिक्षाको क्षेत्रमा निजी विद्यालयलाई पनि समावेश गरेर त्यसका निति नियम बनाउन आवाज उठाउने प्रतिबद्धता जाहेर गरे ।

नेशनल प्यावसनका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डांगीले शिक्षा क्षेत्रमा काम गर्न चुनौति खडा भएपनि त्यसलाई चिरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

‘निर्वाचित भएपििछ मेरो काँधमा पनि थप जिम्मेवारी थपिएको छ,’ डांगीले भने,‘ त्यो जिम्मेवारीलाई कार्यान्वयन गर्ने र नीति बनाउने तहसम्म घच्घचाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने छु।’

उनले केन्द्र तहदेखि नै निजी विद्यालयहरुको नीति निमार्णका चुनौती देखिएको हुँदा शिक्षा क्षेत्र प्रभावित बनेको तर्क गरे ।

त्यस्तै उनले सरकारले सामुदायीक र निजि विद्यालयलाई फरक फरक आँखाले हेरेको भन्दै बिरोध जनाए ।

एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एन प्यावसनका केन्द्रीय सदस्य भिमबहादुर बुढाथोकी, प्रकाशकुमार शर्माले सम्मानको उच्च मुल्याङक गर्दै बालबालिकाको शैक्षिक गुणस्तर बृद्धीका लागि कटिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै कार्यक्रममा एन प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष कुबेर बस्नेत सरकारले शिक्षा नीति बनाउँदा निजी क्षेत्रलाई समेट्न नसक्दा पुरानै नितिलाई संसोधन गरेर अगाडि बढेको बताए ।

कार्यक्रममा प्रदेश सचिव टोपेन्द्र खनाल,सदस्य केपी न्यौपाने, नेशनल प्यावसन बांकेका अध्यक्ष श्याम कुवर, हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीले मन्तव्य व्यक्त गरेका थिए ।

नेशनल प्यावसन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वात मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गरेका थिए ।

एन प्याब्बसनको ७ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय उपाध्यक्ष, सदस्य, प्रदेश अध्यक्ष, सचिव तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्