घाेराही प्याब्सनकाे बैठक तथा स्वागत सम्मान – Kanika Khabar
Saturday, May 18Nepali News Portal

घाेराही प्याब्सनकाे बैठक तथा स्वागत सम्मान

    मा प्रकाशित

चैत्र १९, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) घाेराही नगर प्याब्सनकाे बैठक सम्पन्न भएकाे छ ।

हिजाे शुक्रबार दाङकाे घाेराहीमा सम्पन्न बैठकले १५ औँ राष्ट्रिय महाधिवेशन केन्द्रीय सचिवमा निर्वाचित भएका यादव गिरी र लुम्बिनी प्रदेशकाे तेस्रो अधिवेशनबाट प्रदेश काेषाध्यक्षमा निर्वाचित भएका अमर सुवेदीलाई स्वागत तथा सम्मान गरेकाे छ ।

घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले निजी विद्यालयहरूले शैक्षिक उन्नयनमा पुर्‍याउँदै आएकाे याेगदानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गरेका थिए । निजी क्षेत्रले नेपालकाे शैक्षिक गुणस्तरमा पुर्‍याएकाे याेगदानकाे विरासत सुरक्षित राख्नु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य तथा दाङ प्याब्सनका वरिष्ठ सल्लाहकार केशव थापा, पूर्व केन्द्रीय सदस्य जीवनकुमार आचार्य, प्याब्सन लुम्बिनी प्रदेशका काेषाध्यक्ष अमर सुवेदीलगायतले धारणा राखेका थिए ।

बैठकले घाेराही नगर प्याब्सनमा सिद्धार्थ एकेडेमीका प्रिन्सिपल तारा पाैडेललाई सल्लाहकारमा चयन गरेकाे छ ।  उपाध्यक्ष सूर्य रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण वलीले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्