मेचीकालीमा किड्स ओलम्पियाड – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मेचीकालीमा किड्स ओलम्पियाड

    मा प्रकाशित

चैत्र १९, दाङ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित मेचीकाली आवासीय विद्यालयमा आज शनिबार अन्य दिनमा भन्दा फरक दृश्य देखिएकाे छ । सधैँ किताब कापीका गह्रौ झाेलामा देखिने विद्यार्थी आज भने उल्लासमय वातावरणमा प्रफुल्लित मुद्रमा देखिन्थे । बालबालिकाहरू कहिले दौड्ने, कहिले टाउकामा सामग्री राखेर हिँड्ने, कहिले पिटी खेल्ने गरेका थिए त कहिले नृत्य गरेर मनाेरञ्जन दिलाइरहेका थिए । त्यसाे त बाेरामा पसेर दाैड्ने, एकले अर्काकाे गाेडामा बाँधिएका बेलुन फुटाउनमा बडाे उत्साहित देखिन्थे । विद्यालयले सञ्चालन गरेको पहिलाे किड्स ओलम्पियाड खेलमा बालबालिकाहरूले यस्तो प्रदर्शन गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत् उनीहरूको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतले जानकारी दिए । `पढाइसँगैसँगै विद्यार्थीलाई संस्कार र अनुशासनसँग जाेड्न आवश्यक छ । विद्यालय किताबी ज्ञान सिकाउने केन्द्र मात्र नभएर बालबालिकाकाे चाैतर्फी विकासकाे केन्द्र हाे । विद्यालयबाटै बालबालिकाले जीवन उपयाेगी सीप सिक्नुपर्दछ´ प्रिन्सिपल रावतले थपे ।

किड्स ओलम्पियाड खेलमा सहभागी भइसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित, बालबालिकाहरूको आत्मसम्मान बढाउन, शारीरिक, मानसिक, भावनात्मक तथा समग्र बच्चाको विकासमा समेत सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा चम्चा–दौड, घस्रिएर हिँड्ने, वेलुन नृत्य, पिटी, टाउकोमा सामग्री राखेर दौड्ने, बाेरा दाैड, पजल रेस लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरूले पनि विभिन्न संस्कृति झल्कने खालका नृत्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकाहरूलाई किताबी ज्ञानमात्र नभइ अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु पर्ने बताएका थिए । खेलले बालबालिकाहरूलाई अनुशासन तथा समन्वय गरेर अगाडि बढ्न सहयोग पुग्ने बताएका थिए ।

विकास नगर टाेल विकास समितिका अध्यक्ष बेचन वलीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्म केसीको अध्यक्षता तथा घाेराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

विद्यालयका लेखापाल विष्णु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ७ मा अध्ययनरत विद्यार्थीद्वय लक्ष्मी पाण्डे र सुजन आचार्यले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्