स्थानीय निर्वाचन : मतपत्र छपाइको काम सुरु – Kanika Khabar
Monday, April 29Nepali News Portal

स्थानीय निर्वाचन : मतपत्र छपाइको काम सुरु

    मा प्रकाशित

चैत्र २०, काठमाडौँ ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइको काम सुरु गरेको छ ।

आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावको लागि हिजोदेखि मतपत्र छपाईको काम सुरु भएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरूको सङ्ख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ।१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशतभन्दा बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्