सगरमाथामा कक्षा १० का विद्यार्थीलाई विदाई – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सगरमाथामा कक्षा १० का विद्यार्थीलाई विदाई

    मा प्रकाशित

चैत्र २०, दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नंं ४ गोग्लीमा अवस्थित सगरमाथा विद्यालयमा कक्षा १० अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ ।
एसईई परीक्षाको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुने दहमा वनभोजको कार्यक्रमको आयोजन गरी विदाई कार्यक्रम गरेका हुन् ।

कक्षा ९ का छात्र अरुण पुनको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल रानाको प्रमूख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रिन्सिपल पोषण न्यौपानेले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

विद्यालय सञ्चालक समितिका सदस्यहरु वसन्त जी.एम.,यम रेग्मी तथा शिक्षकहरू चन्दन गुप्ता, मनिस पाण्डेय लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामना गरेका थिए ।

कक्षा १० का विद्यार्थी प्रसन्न योगी, प्रवीन चौधरी, मोहन पन्त, ममता आचार्य, पूजा खड्का, सिर्जना चौघरी लगायका सबै छात्रछात्राले विगतदेखि वर्तमानसम्मका विद्यालय जीवनका अनुभवहरू सुनाउदै कक्षा ९का छात्रछात्रालाई भव्य र सभ्य विदााई कार्यक्रम आयोजन गरेकोमा धन्यावाद दिएका थिए ।

कक्षा ९ का छात्र गोपाल वि.क को स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा लक्ष्मी थापाले गरेकी थिइन भने उपस्थितसम्पूर्ण अतिथिहरुलाई कक्षा ९ की छात्रा इशा यादवले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्