औद्योगिक ग्राम निर्माणको लागि प्रतिवेदन सार्वजनिक – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

औद्योगिक ग्राम निर्माणको लागि प्रतिवेदन सार्वजनिक

    मा प्रकाशित

शरद सागर देवकोटा
असार ४, दाङ ।
लमही नगरपालिका वडा नम्बर ७ को नदी किनारमा औधागिक ग्राम निर्माणको लागि आज बिहीबार बिस्तृत परियोजना प्रतिवेदन सार्बजनिक गरीएको छ । बिभिन्न ३ क्लष्टरमा १सय ३८ वटा उधोग सचालन हुने गरी औधागिक ग्राम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरीएको हो । प्रियोजना प्रतिवेदन अनुसार २९ बिगाहा जमिनमा एकीकृत रुपमा उधोग सचालन हुने छन। संरचना निर्माणका लागि ६० करोड ९२लाख ८५ हजार रकम खर्च लाग्ने छ ।
विभिन्न ३ क्लस्टरमा संरचना निर्माण हुने गरी प्रतिवेदन सार्वजनिक गरीएको छ । औद्योगिक ग्राम स्थापना भएपछि ६ सय बढीले रोजगार पाउने उल्लेख छ । बिस्तृत परियोजना प्रतिवेदनको जिम्मा पाएको सिद्धार्थ इन्स्टिच्युट अफ रिर्सच एन्ड कल्सलटेन्सिका इन्जिनियर सन्तोष पान्डेयले औधागिक ग्रामको बिस्तृत परियोनजा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्थानीय पालिकाहरुमा औद्योगिक क्षेत्रको विकासका लागि औधोगिक ग्राम खोल्ने सरकारी लक्ष्य अनुसार प्रदेश नम्बर ५ को लमही नगरपालिका वडा नम्बर ७ मा औद्योगिक ग्रामको डिपिआर भएको हो । सो अवसरमा बोल्दै प्रदेश ५ का सासद दामा शर्माले गत वर्ष प्रदेश सरकारले एक पालिका एक औद्योगिक ग्राम खोल्ने नीति लिए अनुसार यो वर्ष लमही नगरपालिका सहित अन्य पन्ध्र स्थानमा औधागिक ग्राम निर्माणको लागि डिपिआरको काम भएको बताए । उनले औद्योगिक ग्राममा स्थानीयलाई रोजगार दिने र दक्ष अध्यक्ष जनशक्ति स्थानीय स्तरमै तयार गरी कोभिडको कारण देश बाहिरबाट घर फर्केकालाई रोजगार दिन सकिने बताए अर्का सासद रेवति रमण शर्माले औद्योगिक ग्रामले छरिएर रहेका उद्योगहरुलाई एकीकृत गरी सबै खाले सोवा एकै ठाउँबाट दिन सकिने बताए भने सासद ईन्द्रजित थारुले देशको आर्थिक विकास र समृद्धिको लागि कृषिसँगै उत्पादित उपजको राम्रो बजारीकरणको लागि औद्योगिक क्षेत्रको विकास हुन आवश्यक रहेको बताए ।

त्यस्तै सांसद सरस्वती गौतमले औद्योगिक क्षेत्रको स्थापनामा सकारात्मक नकारात्मक दुबै पाटो हुने भएकोले उद्योग स्थापना पूर्व गहिरो अध्ययन अनुसन्धान र परार्मशको जरुरी हुने बताए । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले औद्योगिक ग्राम स्थापना हुनु लमहीबासीको लागि गौरव र गर्वको विषय भएकोले यसलाई सफल पार्न सबैको सहयोग र सहकार्यको खाचो रहेको बताए ।

कार्यक्रम लमही नगरपालिकाका मेयर कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सचालन सिदार्थ इन्स्टिच्युट अफ रिर्सच एन्ड कल्सलटेन्सिका हरि प्रसाद अधिकारीले गरेका थिए । सो अबसरमा कन्सलटेन्सिका सह अध्यक्ष लिला बहादुर केसीले कन्सलटेन्सिले गर्दे आएको सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्