निर्वाचनमा आचारसंहिताको कार्यान्वयन गर्छौँ : राजनीतिक दलहरू – Kanika Khabar
Monday, April 29Nepali News Portal

निर्वाचनमा आचारसंहिताको कार्यान्वयन गर्छौँ : राजनीतिक दलहरू

    मा प्रकाशित

चैत्र २२, काठमाडौँ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।

आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई आजआयोगमा बोलाएर आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो ।

निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो । त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको आयोगका शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएको बताउनुभयो ।

यसैबीच, आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता र ऐन नियम कार्यान्वयनबारे प्रतिबद्धता लिन आयोजना गरेको बैठकमा साना राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

त्यसपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठक बोलाउनुको कारणबारे प्रष्ट्याउने कोसिस गरेका थिए । त्यसक्रममा उनले निर्वाचन ऐन, नियम र आचारसंहिताको व्यवस्थका बारेमा जानकारी दिएका थिए । त्यसपछि दलहरूको धारणा नै नलिई निर्वाचन आचारसंहिता परिपालनाका लागि दलहरूको प्रतिबद्धता मागेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्