कृषि मन्त्रीलाई खुला पत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

कृषि मन्त्रीलाई खुला पत्र

    मा प्रकाशित

माननीय कृषि मन्त्री ज्यु नमस्कार!

यहाँ हामी आराम छौ किनकि तपाईं जस्ता विद्वावानहरुले देश हाँकिरहनु भएको छ!तपाईंलाई पनि सन्चै होला किनकि तपाईं हिजोको घनश्याम भुसाल होइन, वर्तमान नेपाल सरकारको कृषि मन्त्री हो । पानी पर्दा गाडी गर्मी हुँदा ए.सि जाडो हुँदा हिटर तर अनेक सेवासुविधाको बीचमा पनि अरु मन्त्रीहरुको तुलनामा तपाईं जनताको बारेमा केही सालिन हुनुहुन्छ जस्तो लाग्ने गर्थ्यो!

माक्सवाद, लेनिनवाद, जवजवाद र नेपालको भौगोलिक अखण्डताको आफूलाई पुजारी सम्झिने तपाई,आफू सरकारमा नहुँदा चर्को स्वरमा कुर्लिने तपाईं तर आफै नेपाल सरकारको कृषि मन्त्री हुँदा किसानको समस्या समाधान गर्न किन असक्षम कहलिनु भयो मन्त्रीज्यु ।

माना रोपी मुरी फलाउने किसानहरु आज खेतमा आँसु झार्दै बर्खे झरीलाई साथ दिदै छन!एकातिर कोरोनाको त्रास अर्कोतिर बेरोजगारी सन्तान अब खेती गर्ने बेला रासायनिक मल र बिउविजनको अभावको कथाले तपाईंको वर्गीय र श्रमजीवी चिन्तनमाथि नै प्रश्न्न चिह्न खडा भएको छ । किसानहरुलाई राहतको व्यवस्था गरी किसानहरुलाई प्राेत्साहन गर्ने त कहाँ हो कहाँ उल्टो बिउविजनको अभाव गराई एस आरामसहित झन्डा हल्लाउँदै हिँड्नु नै थियो भने चर्को नैतिकवान बनी कुर्लिनु पनि तपाईं सिंहदरवार छिर्नको लागि हो भन्ने प्रमाणित भएको छ।

जे होस तपाईंले जेजे सम्झौता गर्दा झन्डा हल्लाउन पाउनु हुन्छ त्यो सबै गर्नु होला!हाम्रो चिन्ता नलिनु होला तपाईको झन्डावाला गाडी हामी रोकिन दिने छैनौं त्यसको लागि समयमा नै कर तिर्नछौ।

उही तपाईंलाई सम्झिने किसान

झरी श्याम भुसाल

असारे-५ नेपाल

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्