बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले गरे गाडी फिर्ता – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले गरे गाडी फिर्ता

    मा प्रकाशित

रामप्रसाद सुवेदी
चैत्र २८, दाङ । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछि आफूहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आचारसंहिता समेत लागू भएपछी आफुहरुले सरकारी गाडि फिर्ता गरेको उनीहरुको भनाई रहेको छ। पछिल्लो समय बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले आफुहरुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने क्रम चलिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्