पार्टी प्रवेशको लहर : बङ्गलाचुलीमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काङग्रेसमा प्रवेश – Kanika Khabar
Saturday, May 18Nepali News Portal

पार्टी प्रवेशको लहर : बङ्गलाचुलीमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काङग्रेसमा प्रवेश

    मा प्रकाशित

No description available.हिमाल महरा

८ चैत्र, दाङ ।

बङ्गलाचुली गाउँपालिका–८ हाँसिपुरमा युबा नेता बाम बहादुर महराको नेतृत्वमा नेकपा एमालेका माओवादी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

प्रवेश गर्नेहरुमा बाम बहादुर महरा, गुमान सिंह खत्री, जुद्ध बहादुर खत्री, थमन सिंह ज्ञवाली, पदम ज्ञवाली, बसन्त पुन, राजेन्द्र बुढा, खुशल गाह, दुर्गा बहादुर खत्री लगायत ८७ जानले प्रवेश गरेका थिय ।

उनीहरुले एमाले, माओवादी पार्टीले जन्ताको सेवा भन्दा व्याक्तिगत स्वार्थ र जनतालाई धोका दिने काम गरेको हँदा कांग्रेसमा प्रवेश गरेको बताएका छन ।
नेपाली काङ्ग्रेस बंगलाचुली–८ वडा सभापति ज्ञान बहादुर वलीको सभापति तथा नेपाली कांग्रेस क्षेत्र नं. २ सभापति भीमप्रकाश खड्काको प्रमुख अतिथ्यतामा तथा नेपाली काङ्ग्रेस कांग्रेस क्षेत्र नं.(क) का सभापति प्रकाश श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
क्षेत्रीय सदस्य पदम राज शर्मा, काङ्ग्रेसका युवा नेता वसन्त जोशी, काङ्ग्रेस बंगलाचुली सभापति जागेश्वर अधिकारी , काङ्ग्रेस बङ्गलाचुली ५ वडा सभापति केशव जिसी, बम बहादुर महरा लगायत ले आफ्नो भनाइ राख्नुभएको थियो ।

नेपाली कांग्रेस बंगलाचुली ८का नेता डम्बर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चलान नेपाली कांग्रेस बङ्गलाचुली उपसभपाति ईन्द्रमणि ओलीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्