स्थानीय निर्वाचन : लुम्बिनी प्रदेशमा पाँच दलले अन्य पार्टीसँग तालमेल गर्न नहुने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय निर्वाचन : लुम्बिनी प्रदेशमा पाँच दलले अन्य पार्टीसँग तालमेल गर्न नहुने

    मा प्रकाशित

चैत्र २८, दाङ ।
लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनमा रहेका दलहरुले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने भएका छन् । आज सोमबार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पाँच दलीय गठबन्धन मजबुत बनाउन सहमति जनाउँदै अन्य कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले बताए ।

बैठकले चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन्।

बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलमको सहभागिता रहेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्