काँग्रेसले एक महिने चुनावी घरदैलो अभियानको समापन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

काँग्रेसले एक महिने चुनावी घरदैलो अभियानको समापन

    मा प्रकाशित

चैत्र २९, दाङ ।
नेपाली काँग्रेसले एक महिने चुनावी घरदैलो अभियानको समापन गरेको छ । स्थानीय तह चुनाव केन्द्रित ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानको आज समापन गरिएको हो ।

फागुन २९ गतेदेखि काँग्रेसले घरदैलो अभियान चलाएको थियो। यसबीचमा प्रदेश, जिल्ला, पालिका, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

काँग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ। प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ ।

स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरिने केन्द्रीय समितिले निर्णय गरिसकेको पनि उहाँले बताउनुभयो । साथै चुनावी गठबन्धनका क्रममा काँगेसले केही उदारता देखाउने उहाँको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्