स्थानीय निर्वाचनमा तालमेल : चितवनको भरतपुर महानगरपालिकामा काङ्ग्रेसले तालमेल नमान्ने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय निर्वाचनमा तालमेल : चितवनको भरतपुर महानगरपालिकामा काङ्ग्रेसले तालमेल नमान्ने

    मा प्रकाशित

चैत्र २९, चितवन ।
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकाबिच चुनावी तालमेलको तयारी भइरहँदा चितवनको एक महानगरपालिकाले चुनावी तालमेल नगर्ने बताएको छ । जिल्लाको भरतपुर महानगरपालिकाका काङ्ग्रेस वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका हुन् ।

आज मंगलबार जिल्ला पार्टी कार्यालय भरतपुरमा २५ जना वडासभापतिहरु बैठक बसी यस्तो निर्णय गरेका हुन् । आज बसेको सभापतिहरुको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् । गठबन्धनमा काङ्ग्रेसले मेयर नपाए विद्रोह उनीहरुले चेतावनी दिएका छन् । मेयर नपाए गठबन्धन नगर्ने सभापतिहरुले बताएका छन् ।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्