काङ्ग्रेस प्रवेशको लहर : माओवादी केन्द्र परित्याग गरी ५१ जना प्रवेश – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

काङ्ग्रेस प्रवेशको लहर : माओवादी केन्द्र परित्याग गरी ५१ जना प्रवेश

    मा प्रकाशित

No description available.

चैत्र २९, दाङ ।
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पार्टी फेरबदलको प्रक्रिया पनि तीव्र रुपमा चलेको छ । मुलतः पछिल्लो चरणमा विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्नेको लहर बढ्दो छ ।
आज मंगलबार घोराही उपमहानगरपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्र परित्याग गरी ५१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस वडा नंं ६ को आयोजनामा भएको कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी ५१ जना काङ्ग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरु काङ्ग्रेसको नीति र विचारलाई अवलम्बन गर्दै प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेपाली काङ्ग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, जिल्ला सदस्य रेगबहादुर वली (देउता), घोराही नगर सभापति तिलक रावतलगायतले स्वागत तथा सम्मान गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्