स्थानीय निर्वाचन : सिट बाँडफाँडका लागि गठबन्धन आज पुनः बस्दै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय निर्वाचन : सिट बाँडफाँडका लागि गठबन्धन आज पुनः बस्दै

    मा प्रकाशित

वैशाख ५, दाङ ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनका दलहरुलाई भने सिट बाँडफाँडको चटारो परेको छ । हिजो आइतबार बसेको गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडमा सहमति कायम नभएपछि समस्या देखिएको हो ।

बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा सहमति सकेन ।

बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिए । यस विषयमा आज सोमबार पुनः छलफल हुने उनले बताए । बैठकमा कुन–कुन स्थानीय तहमा कसरी उम्मेदवार खडा गर्ने भन्ने छलफल भएको उनले जानकारी दिए ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दाबी गरेपछि समस्या उत्पन्न भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्