घोराही उपमहानगरपालिकाको उम मेयरमा डाँगीको दावी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

घोराही उपमहानगरपालिकाको उम मेयरमा डाँगीको दावी

    मा प्रकाशित

वैशाख ५, दाङ ।
दाङको घोराही उपमहानगरपालिकाको उप–मेयरमा टिका डाँगीले दावी गरेकी छिन् । २०५६ सालबाट नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेकी डाँगी नेपाली कांग्रेसको तर्फबाट घोराही उपमहानगरपालिकाको उप–मेयरमा दावी गरेकी हुन् ।

समाजशास्त्रमा डिग्री गरेकी टिका डाँगी सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो । सामाजिक कार्यमा अग्रसर, राजनीतिमा लामो समयदेखि सक्रिय, शिक्षा र पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान रहेकी डाँगी महिला अधिकारकर्मी पनि हुन् । वहुआयामिक क्षमता भएकी डाँगीलाई योग्य र बलियो उप–मेयरको दावेदारको रुपमा समेत हेरिएको छ । केही केन्द्रमै बसेर राजनीतिक गतिविधिलाई अगाडि बढाएकी डाँगीको केन्द्रीय सर्कलमा पनि बलियो सम्पर्क रहेको छ । उनी काङ्ग्रेस केन्द्रले पनि रुचाएको उम्मेदवारमा पर्दछिन् ।

सामाजिक र राजनीतिक पारिवारिक पृष्ठभूमि भएकी डाँगी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस दाङमा २०५६ सालमा आबद्ध भएर राजनीति सुरु गरेकी हुन् ।

कांग्रेसको १४ औ महाधिवेशनमा दाङ क्षेत्र नं. २ (ख) महिला खुलातर्फ प्रदेश प्रतिनिधिको रुप समेत दाबी पेश गरिन तर पार्टी कै निर्देशन उनले आफनो उम्मेवारी फिर्ता लिएकी थिइन् । उच्च मनोवल एवं जुझारु स्वभावकी उनी उम्मेवारी फिर्तालाई जीतको रुपमा लिएर आफ्नो राजनीतिक यात्रालाई अझ सशक्त रूपमा अघि बढिरहेको बताउँछिन् ।

मिलनसार एवं सरल स्वभावकी उनी विकास र न्यायको पक्षमा सँधैं प्रष्ट वक्ता, निडर र हक्की महिलाका रुपमा चिनिन्छिन् ।

वर्तमान राजनीतिमा वौद्धिक व्यक्तित्वको खाँचो औंल्याउँदै घोराही उपमहानगरपालिकामा भएका स्रोत र साधनहरुको उचित परिचालन गरी नगरमा जति सक्दो रोजगारीका अवसरहरु सिर्जना गर्ने, स्थानीय उत्पादन र उपयोगमा जोड दिने, स्वास्थ्य र शिक्षामा सरल पहुँच पु¥याउने, नगर भित्रमा धार्मिक पर्यटकीय स्थलको संरक्षण, सम्वर्धन प्रवद्धर्न गर्ने, प्राकृतिक विनाश रोक्ने, बौद्धिक जगतसँग सहकार्य गर्ने, महिला बालबालिका, जेष्ठ नागरिक, शारीरिक एवं मानसिक रुपमा अशक्त, सिमान्तकृत वर्गलाई विशेष प्राथमिकता दिने, न्यायिक प्रशासनिक एवं आर्थिक सुशासन कायम गर्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, नगरपालिकालाई जन उत्तरदायी सरकारको रूपमा स्थापित गर्ने, साथै नगरपालिकालाई गौरव गर्न लायक नगरपालिका बनाउन सहयोगी भूमिका निभाउने मुद्धालाई व्यवहारमै कार्यान्वयन गर्ने मुख्य उदेश्य बोकेर उप–मेयरको उम्मेदवारी दावी गरेको बताईन् । उनलाई घोराहीमा नेपाली काँग्रेसको तर्फबाट उप–मेयरको प्रबल दावेदारको रूपमा समेत हेरिएको छ ।

उनले भनिन्, ‘पार्टीप्रति निष्ठा र सक्रियताले गर्दा नेताहरु पनि खुसी हुनुहुन्छ । नेतृत्वसँग विश्वास छ । स्थानीय सरकारको नेतृत्व गर्न योग्य र सक्षम छु भन्ने म सबैलाई विश्वास दिलाउन चाहन्छु । ’

नेपाली काग्रेसले घोराहीबाट उप मेयरका लागि टिका डाँगी, सावित्रा राना, पुष्पा श्रेष्ठ, गोमा रावत, जानका केसी, बालिका लम्साल, निरजा पोखरेल र माया पोखरेलको नाम सिफारिसमा परेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा पुष्पा श्रेष्ठ उपमेयरमा पराजित भएकी थिइन। त्यस्तै लम्साल अहिले जिल्ला कार्य समिति सचिव हुन।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्