स्थानीय तहको निर्वाचनमा दाङ : घोराहीमा मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढ्यो – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय तहको निर्वाचनमा दाङ : घोराहीमा मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढ्यो

    मा प्रकाशित

कनिका डेस्क
वैशाख ५, दाङ ।

स्थानीय तहको निर्वाचन आउन अब २५ दिन मात्र बाँकी रहेको छ । २५ दिन मात्र बाँकी रहँदा पनि सत्ता साझेदार दलहरुबिच सिट बाँडफाँडको सहमति कायम हुन सकेको छैन ।
स्थानीय स्तरदेखि केन्द्रसम्म सहमतिका लागि संयन्त्र बनाइएको छ । पटक पटक छलफलमा जुटे पनि संयन्त्र अझै कुनै ठोस निष्कर्षमा पुग्न नसकेको अवस्था छ ।

यता दाङको घोराही उपमहानगरालिकालाई स्थानीय तहको निर्वाचनमा बडो महत्वका साथ हेरिएको छ । स्थानीय निर्वाचन २०७४ मा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले चुनावी तालमेल बन्दै गर्दा नगर प्रमुखको दावी गरेपछि चुनावी तालमेलको दूरी बढ्दै जान थालेको हो ।

यसअघिको निर्वाचनमा दोस्रो भएको र मतभार पनि बलियो रहेका कारण काङ्ग्रेसले घोराही नगरको प्रमुख दावी गर्नु स्वभाविक हो । पटक पटक बसेको संयन्त्रको बैठकले कुनै ठोस निर्णय लिन नसकेपछि काङ्ग्रेस विनाअर्थको छलफललाई लम्ब्याउनुभन्दा मित्रवत् प्रतिस्पर्धाको तयारी गर्ने ‘मुड’ मा देखिएको छ ।

‘हामी पटक पटक बस्यौँ, छलफल ग¥यौँ तर छलफलले समस्या समाधान गर्नेभन्दा पनि तिनै समस्या एजेन्डा बन्दै आए । पटकपटकको बसाइँ र छलफल त्यही बिन्दुबाट सुरु हुन थाले । निर्वाचनको मिति एकदमै नजिक आइसकेको छ । अब हामी छलफलभन्दा पनि मित्रवत् प्रतिस्पर्धामा जाने सोंचमा छौँ ।’ नेपाली काङ्ग्रेस घोराही नगर सभापति तिलक रावतले भने । उनले थपे, ‘नगर कार्यसमिति गठबन्धनसँग पटक पटक छलफलमा जुटिसकेको छ । छलफलले खासै आशालाग्दो गति लिन नसकेपछि क्षेत्र र जिल्लास्तरमा छलपलका लागि सिफारिस गरिएको छ । तर, क्षेत्र र जिल्लास्तरमा हुने छलफल पनि त्यही नै हो । सबैले आफ्नो अडानलाई प्रमुख महत्व दिएर छलफलमा बसेपछि निष्कर्ष निस्कन गाह्रो भएको हो ।’ उनले थपे, ‘अब सहमति नै नभएपछि मित्रवत् प्रतिस्पर्धामा जानुको विकल्प हुँदैन । यो नै लोकतान्त्रिक मुल्य मान्यता हो । प्रजातन्त्रको नम्स हो ।’

दाङका १० पालिका मध्ये घोराही उपमहानगर र तुलसीपुसर उपमहानगरपालिका लाई महत्वपूर्ण रुपमा हेरिएको छ । काङ्ग्रेसले यी दुबै पालिकामा दाबी राख्दै आएको छ । गठबन्धनका नाममा यी दुबै पालिका गुमाउन काङ्ग्रेस चाहँदैन । माओवादी केन्द्र घोराही उपमहानगरपालिका आफ्नो पोल्टामा पार्न लागिपरेको छ । दबै पालिकामा दाबी गर्दै आएको काङ्ग्रेसले गठबन्धाका नाममा कुनै पालिका छाड्ने पर्ने अवस्था सिर्जना भए काङ्ग्रेस एकल प्रतिस्पर्धामा जाने निर्णयमा पुगेको काङ्ग्रेस स्रोतले बताएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्