निर्वाचनको तयारी तीव्र – Kanika Khabar
Saturday, May 18Nepali News Portal

निर्वाचनको तयारी तीव्र

    मा प्रकाशित

वैशाख ५, दाङ ।
निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ ।

आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ । आजको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफमा गरिएको पनि जनाएको छ ।

आयोगले विभिन्न राजनीतिक दल र नेताहरूले आचारसंहिता उलङ्घन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेस गरेको र केही आउने क्रममा रहेको जनाएको छ । यस्तै आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको पनि जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्