नगर सभापति रावतकाे ध्यानाकर्षण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

नगर सभापति रावतकाे ध्यानाकर्षण

    मा प्रकाशित

वैशाख ६, दाङ ।

दाङकाे घाेराही उपमहानगरपालिका नगर सभापति तिलक रावतले आफ्नो ध्यानाकर्षण भएकाे बताएका छन् ।

घाेराही उपमहानगरपालिकाकाे उपमेयरकाे आकांक्षीमा रहेका उम्मेदवारकाे समाचारमा केही अनलाइन मिडियाले सभापति रावतकाे नामसमेत जाेडेर समाचार सम्प्रेषण गरेकाेमा रावतले ध्यानाकर्षण भएकाे बताएका हुन् । आज एक ध्यानाकर्षण विज्ञप्ति जारी गरी सभापति रावतले सम्प्रेषित समाचारमा आफ्नाे कुनै संलग्नता नरहेकाे जनाएका छन् ।

` काङ्ग्रेस नगर समितिले नगर उपप्रमुखखकाे नाम यही वैशाख ५ मात्र सिफारिस हाे । केही अनलाइन मिडियाले वैशाख ४ गते नै सिफारिस गरिएकाे भन्दै काेही उम्मेदवारलाई बलियाे र कुनै उम्मेदवारलाई कमजाेर भन्दै मेराे समेत नाम जाेडेर समाचार सम्प्रेषण गरिएकाेमा मेराे ध्यानाकर्षण भएकाे छ । बलिया र कमजाेर उम्मेदवार भन्दै मेराे नाम समेत जाेडेर बनाइएका समाचार सरासर गलत र झुठा हुन् । ती सम्प्रेषित समाचारमा मेराे कुनै संलग्नता नभएका कारण कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्दछु । साथै यस्ता गलत समाचार सम्प्रेषण नगरिदिनुहुन पनि आग्रह गर्दछु ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्