एमसिसि सम्झौता रोक्न मिल्दैन : परराष्ट्र मन्त्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमसिसि सम्झौता रोक्न मिल्दैन : परराष्ट्र मन्त्री

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
एमसिसि सम्झौता के गर्ने भन्ने बहस एकातिर चलिरहेको छ र अर्कोतिर एमसिसिको विरोध चलिरहेको छ । एमसिसिको विषयले सदन र सडक तताइरहेको बेला सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नमिल्ने बताउँदै एमसिसि सम्झौता पारित गर्ने खुलासा गरे ।

हिजो शुक्रबार मन्त्रालयमा पत्रकारसँगको छलफलमा मन्त्री ज्ञवालीले नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने बताउँदै संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताएका हुन् ।
एमसिसिका बारेमा सत्तारुढ दल नेकपा भित्र नै मतान्तर रहेको प्रति सङ्केत गर्दै मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने बताए । उनले यो विषय बहसमा आइसकेको हुनाले अब चाँडै उचित निर्णयमा पुगिने जानकारी दिए ।
उनले प्रश्न गरे, “बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसि परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसि परियोजना लागू भएको छ ?”

यसबाट सरकार एमसिसि सम्झौता गर्ने पक्षमा रहेको सङ्केत बुझ्न सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्