एक कित्ता जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने निर्णय खारेज गर्न अख्तियारको निर्देशन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एक कित्ता जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने निर्णय खारेज गर्न अख्तियारको निर्देशन

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको खण्डिकरण रोक्न वर्षमा एकपटक मात्र कित्ता काट्न गर्न पाउने नियम लागू गरे पनि त्यसले झन भ्रष्टाचार बढाएको बताएको छ । जग्गाको खण्डिकरण नरोकिएको, मालपोत कार्यालय र नापीमा भ्रष्टाचार बढेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता प्रदिप कोइरालाले बताए ।
कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने मन्त्रालयको प्रमुख उद्देश्य भए तापनि उद्देश्य अनुरुप जग्गाको खण्डीकरण रोकिएको नदेखिएको आयोगले भनेको छ । आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दश बुँदे निर्देशन दिँदै एक कित्ता जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने निर्णय खारेज गर्न निर्देशन पनि दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्